टाइगर कप भलिबल: पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा, गण्डकी र आर्मी भिड्ने

पाेखरा | माघ १२, २०७९

टाइगर कप भलिबल: पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा, गण्डकी र आर्मी भिड्ने

पोखराः   पोखरामा जारी तेस्रो टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ । 


आज पोखरा रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेपछि सेमिफाइनलको समिकरण पूरा भएको हो । 


भोलि हुने पुरुष तर्फको सेमिफाइनलमा खेलमा अपराजित रहेको एपिएएफ क्लब र नेपाल पुलिस क्लब र दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र आयोजक गण्डकी प्रदेश बीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । ​


लिग चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । आर्मीले २५–१७, २५–१९ र २५–२३ ले विजय हुन सफल भयो । आर्मीसँग पराजित भएपनि पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको छ । 


यस्तै आज नै भएको पुरुष तर्फको पहिलो खेलमा आयोजक गण्डकी प्रदेशले श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस क्लबलाई सोझो सेटमा पराजित गरेको छ । यो हारसँगै श्रीलंकाको सेन्ट जोसेफ वाज स्पोर्टस क्लब प्रतियोगिताबाट बाहिरिएको छ । गण्डकीले २६–२४, २५–१४ र २५–२३ ले विजय भएको थियो । 

 

महिला तर्फ भने त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब फाइनल प्रवेश गरेको छ । शुक्रबार महिला तर्फको तेस्रो स्थानका लागि आयोजक गण्डकी प्रदेश र होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्स क्लबको बीचमा प्रतिस्पर्धा हुनेछ । 


यस्तै पुरुष तर्फ एपिएफ विरुद्ध नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब विरुद्ध गण्डकी प्रदेश बीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । महिला/पुरुष तर्फको फाइनल खेल शनिबार पोखरा रंगशालाको भलिबल कोर्टमा हुनेछ । 


टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सञ्चालन भइरहेको तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको  प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ ।


महिला/पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संस्थाका सचिव नेपालीले बताए । 


त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट  एक–एक खेलाडीले जनही समान नगद रु २५/२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०/१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।


 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्